कोलम्बिया र मोरक्को महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । आज भएको खेलमा कोलम्बियालाई १–० गोल अन्तरले हराएको मोरक्को समूह एचको उपविजेता र कोलम्बिया विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । दुवैको समान ६–६ अंक भएपनि गोल अन्तरका आधारमा कोलम्बिया समूह विजेता बनेको हो ।



विहिबारै ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा भएको अर्को खेलमा जर्मनी दक्षिण कोरियासँग बराबरीमा रोकिँदै प्रतियोगिताबाट बाहिरियो । दुई पटकको विश्व विजेता जर्मनी कोरियासँग १–१ को बराबरीमा रोकिएको हो । यसअघिको सबै संस्करणमा जर्मनीले नकआउट चरणको यात्रा तय गरेको थियो । दक्षिण कोरियाकी सो ह्युन चोले गोल गर्दा जर्मनीकी एलेसान्द्रा पोपले बराबरी गोल फर्काइन् । योसँगै महिला विश्वकपको नकआउट पुग्ने सबै टोलीको टुंगो लागेको छ ।



