काठमाडौं । निजी विद्यालय संचालकहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका छन् । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरुले असहमति जनाएका हुन् । मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ । निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउँदै आएका छन् ।

प्याप्सनले अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्धता जनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय