


फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा स्विडेन पुगेको छ। शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा जापानलाई २-१ गोलले पराजित गर्दै स्विडेन अन्तिम चारमा पुग्न सफल भएको हो।
खेलको ३२ मिनेटमा इलेस्टेन्डको गोलबाट स्विडेनले खेलमा अग्रता लिएको थियो। ५१ मिनेटमा एनगेलहानले पेनाल्टीबाट स्विडेनको अग्रता दोब्बर पारेकी थिइन्। ७६ मिनेटमा जापानले पेनाल्टी पाएको थियो। जसमा जपानकी उकीको प्रहार बारमा लागेको थियो।
जापानले ८७ मिनेटमा गोल गर्दै खेलमा फर्कने आसा जगाएको थियो। जापानका लागि हायाशीले गोल गरेकी थिइन्। अब सेमिफाइनलमा स्विडेन र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। स्पेनले नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।



