काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने निर्णय गरेसँगै सन् २ हजार देखि विश्वभर युवा दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै आइएको छ ।



नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँछ । सरकारले पनि वर्सेनी विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरेको छ । सरकारले युवा दिवस मनाए पनि युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।



