सिन्धुलीमा १ सय ३३ किलो लागु ओैेषध गाजा सहित २ जना पक्राउ परेका छन् । गौर नगरपालिका ७ रौतहटका विकास प्रसाद यादव र गौर नगरपालिका- ५ रौतहटका अभयकुमार गुप्ता पक्राउ परेका हुन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय भिमानमा चेकजाँच गर्ने क्रममा विआर ०६ पा ६१८४ नम्बरको भारतिय नम्बर प्लेटको स्कारपियो सहित प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता चिरन्जीबी दाहालले जानकारी दिए।



काठमाण्डौंबाट रौतहटतर्फ जाँदै गरेको स्कारपियो गाडि विपि राजमार्गअन्तर्गत भिमानमा चेकजाँच गर्नेक्रममा छतमा प्याक गरेको अवस्थामा १ सय ३३ दशमलव ९८८ किलो गाँजा फेला परेपछि प्रहरीले गाडि सहित चालक यादव र त्यसमा सवार गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जनाईएको छ ।



