काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी आज भारत जानुहुने भएको छ ।Administrative Staff College of India को सहकार्यमा जनप्रतिनिधिहरुको क्षमता बिकास गर्ने उद्देश्यले दक्षिण एसियामा दिसाजन्य लेदो व्यवस्थापनका क्षेत्रमा रहेको नीति, नियम, असल अभ्यास तथा स्रोत परिचालन लगायतका विषयमा अध्ययन तथा अवलोकन भ्रमणका लागि नगरप्रमुख गिरी भारत जान लाग्नु भएको हो ।
श्रावण २९ गतेदेखि भाद्र १ गतेसम्म भारतको हैदराबाद (तेलङ्गना) र भुवनेश्वर (उडिसा) मा हुने अध्ययन भ्रमणका लागि चन्द्रागिरि नगरका प्रमुख गिरीसँगै ललितपुर महानगरपालिका, धरान, बुटवल उप—महानगरपलिका, साँगाचोकगढी, हलेसी तुवाचुङ्ग, बेलवारी, हँसपुर, मध्यनेपाल, रेसुङ्गा, गुर्भाकोट, गोदावरी (कैलाली), शारदा, मटिहानी, हरिवन, लम्किचुहा, बुढानिलकण्ठ, रामपुर, तारकेश्वर र कालिका नगरपालिकासहित २० वटा पालिकाले सहभागिता जनाउने छन् ।



नेपाल नगरपालिका संघको आयोजनामा, UCLG ASPAC को सहकार्य र एन्फोको प्राविधिक सहयोगमा सातै प्रदेशका राजधानी सहरहरुमा दिसा जन्य लेदो व्यवस्थापन (Faecal Sludge Management) परियोजना संचालन भइरहेको छ । प्रमुख गिरी आगामी शनिबार स्वदेश फर्कनु हुनेछ ।
दैनिक भ्रमण तालिका
यस्तो छ भ्रमण तालिका (क्लिक गर्नुहोस्)



