काठमाडौं । निर्माणको रकम भुक्तानी नपाएको भन्दै आन्दोलन रत नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन अन्तर्गत आज ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएका छन् । सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने कार्यक्रम अन्तर्गत आज सिँचाइ विभागमा ताला लगाइएको महासंघले जानकारी दिएको छ ।

विभागमा ताला लगाएर धर्नामा बसेका व्यवसायीविरुद्ध प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको धरपकड पछि निर्माण व्यवसायीहरूलाई धर्ना स्थलबाट हिँडेका थिए । यसैबीच आज सडक विभागमा पनि ताला लगाएर धर्ना दिने व्यवसायीहरुले बताएका छन् ।यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय