३ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। बिहीबार राति बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिडोर अवरुद्ध भएको थियो। शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन।आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेसिन प्रयोग गरी करिडोर खुलाइएको बागलुङ नगरपालिकाले जनाएको छ । करिडोरसँगै बागलुङ-कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो।

पहिरोले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो। सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्रका हजारौँ नागरिक प्रभावित भएको स्थानीयले बताए ।पहिरो हटाएर अहिले यातायात सञ्चालनमा आएको छ, यहाँको भू-भाग निकै कमजोर भएको हुँदा पानी पर्ने बित्तिकै फेरि अवरुद्ध हुने गरेको छ ।, बर्खा लागेपछि दर्जनौँ पटक सडक अवरुद्ध भयो यो सडक राष्ट्रिय आयोजना हो, आयोजनाले काम नगर्दा सडक दिनदिनै अवरुद्ध हुने गरेको छ ।

यसको दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरिरहने खड्काको भनाइ छ। तीन दिनदेखि सडक अवरुद्ध हुँदा करिडोरमा यातायातका साधनहरु ठप्प भएका थिए। सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय