संघीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा सरकार र प्रतिपक्षी दल दुवैले आफ्ना अडान नछाडेपछि कुनै निष्कर्ष ननिस्किएको हो । सहमति प्रयासका लागि भोली पुन बैठक बस्ने नेताहरुले बताएका छन ।

विमानस्थलमा ६० किलो सुन बरामद भएको घटनामा प्रमुख प्रतिपक्ष एमालले साउन १० गतेदेखि उच्चस्तरीय छानविनको माग गर्दै बैठक अबरुद्ध गर्दै आएको छ । आजपनि एमालेले सोही माग दोहो-याएको छ ।

आजको बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएका थिएनन । सर्वदलीय बैठक विनानिष्कर्ष सकिएसँगै संसद बैठक मंगलबार दिउसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित गरेका हुन ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय