काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबिलाई बयान दिएको बताउनु भएको छ ।पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा. भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नको जवाफ दिएको बताउनु भएको हो । उहाँले सामाजिक संजालमार्फत् आफुमाथी उठेका प्रश्नको सत्यतथ्य सिआईबिलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको समेत उल्लेख गर्नुभएको छ ।
डा. भट्टराईले मुद्दा सफल टुंगोमा पुगेर सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्नुभएको छ ।






