काठमाडौं । मलेसियामा आजबाट सुरु हुने चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले हङकङसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो पौने १२ बजे सुरु हुने खेल मलेसियाको बायोमास ओभलमा हुनेछ ।

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्नेछन् । नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ । अन्तिममा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि सोही दिन खेल्नेछन् । नेपालले २८ अगष्टमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय