भारतको मिजोरममा एउटा निर्माणाधीन रेलवे पुल भत्कँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमको राजधानी एजवालबाट २१ किलोमिटरको दूरीस्थित साइरङमा निर्माणाधीन पुल आज दिउसो भत्किएको हो । ४० मजदुर काम गरिरहेका बेला पुल एक्कासि भत्किएको बताइएको छ । पुलको अवशेषमा १७ जनाको शव फेला परेका हुन । अन्य कामदार हराइरहेको बताइएको छ ।

घटनास्थलमा उद्धार जारी रहेको छ । उत्तरपूर्वी क्षेत्रका राजधानीलाई रेलवे सञ्जालसँग जोड्न भारतीय रेल्वेले परियोजना सञ्चालन गरिरहेको थियो । घटनाप्रति मिजोरमका मुख्यमन्त्री जोरामथाङगाले दुःख व्यक्त गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय