

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टिबाट प्रचुर सम्भावना नै सम्भावाा बोकेको पर्यटकीय क्षेत्र हो । उक्त बडिमालिका मन्दिरमा हरेक वर्ष जनैपूर्णिमाको दिनदेखि श्रदालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।
बडिमालिकाको दर्शन गर्न कैलाली, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौं, भारतको गडवाल, सिक्किमलगायतका ठाँउबाट भक्तजनहरु हिँडिसेकका छन् ।
उक्त क्षेत्रमा विभिन्न किसिमका जडीबुटीहरु, कन्दमुल, पाँचऔंले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती आदि पाइने गरेको छ भने, करिब एक सयभन्दा बढी प्रजातिका फूलहरु समेत पाइन्छ ।
उक्त क्षेत्र समुुद्री सतहदेखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ । सुदूपश्चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा हरेक वर्ष भक्तजन आउने गरेका छन्






।
बडिमालिका मन्दिरमा आफूले मनले सोचेको बर पूरा हुने स्थानीय बताउँछन् । स्थानीयका अनुसार सोही क्षेत्रमा पर्ने नाटेश्वरी मन्दिरमा एक दिन बास बस्ने गरेको र पछिल्लो दिन सोही क्षेत्रमा करिव २ सय देखि ५ सयसम्म बोकाको बली चढाईने गरिन्छ ।
विवेक नागरी, बाजुरा ।