काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ बाणस्थलीमा रहेको स्वीकार दुर्व्यसन रोकथाम केन्द्रमा वडाका जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् । २०६८ साल देखि सञ्चालनमा रहेको केन्द्रमा राखिएका व्यक्तिहरुको अवस्था बुझ्न जनप्रतिनिधिको टोली केन्द्र पुगेको हो । सुधार केन्द्रमा रहेका व्यक्तिहरुको अवस्था, उनीहरुलाई दिइएको खाना, सुत्ने ठाउँलगायतका विषयमा उक्त सुधार केन्द्रमा अनुगमन गरिएको टोलीमा संलग्न जनप्रतिनिधि भुवन केसीले बताउनुभयो । टोलीमा वडा सदस्यहरु उमा कुमारी थापा, सदस्य रामशरण महत र पूर्णकुमारी बयलकोटीका साथै वडाको स्वास्थ्य शाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।

अनुगमन पछि जनप्रतिनिधिहरुले आएका गुनासो अनुसारका गतिविधि नभेटिएको र केन्द्रको वातावरण सोचेकोभन्दा राम्रो पाएको प्रतिक्रिया दिएका छन् । अनुगमनका क्रममै जनप्रतिनिधिहरुले अबका दिनमा दुर्व्यसनविरुद्धको अभियानमा उक्त सुधार केन्द्रलाई पनि साथ लैजाने बताए ।

किन राखिन्छ सुधार केन्द्रमा ?

भनिन्छ मानिसको जीवन अमूल्य छ । यही अमूल्य जीवन जानेर वा नजानेर अहिलेका यूवापुस्ता लागुऔषध जस्तो दुर्व्यसनीमा फसेर आफ्नो अमूल्य जीवन नष्ट गरिरहेका छन् । दुर्व्यसनमा फसेका अधिकांश व्यक्तिहरुले अकालमा ज्यान गुमाइरहेका पनि छन् । त्यति मात्र होइन दुर्व्यसनीका परिवारजनको पनि उत्तिकै पीडा छ । अहिले हाम्रो समाजमा लागुऔषधको प्रयोग एक जटिल समस्या तथा चिन्ताको विषय बन्दै गएको छ । नेपाल लगायत विश्वभर नै लागुऔषध साझा समस्याको रुपमा उभिएको छ । नेपालमा लागुऔषध दुर्व्यसनी राष्ट्रिय चुनौतीको विषय बन्न पुगेको छ । मदिरा, गाँजा, चरेस, हेरोइन, अफिमलगायत अन्य विभिन्न प्रकारका लागुऔषधको प्रयोगले नेपालका युवा वर्ग नराम्रोसँग फसिरहेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं ७ स्थित स्वीकार दुर्व्यसन रोकथाम सेवा केन्द्रमा ४५ जना रहेका छन् । सेवा केन्द्रमा सेवा लिन पुगेका सेवाग्राहीहरु सन्तुष्ट पनि छन् । सुधार केन्द्रमा आएका व्यक्तिहरुले अहिले जीवनको महत्व बुझेका छन् । नशालाई नै सर्वोप्रिय ठानेका यी युवाहरु दुर्व्यसनीमा फसेर आफुहरुले जीवनमा ठूलो गल्ती गरेको स्वीकारेका छन् । गलत बाटो रोज्नाले आफुहरुको भविष्य अन्धकार बनेको र यहाँबाट नयाँ जीवन लिई छिट्टै घर फर्किई नयाँ कामको थालनी गर्ने उनीहरुको आत्मविश्वास छ ।

स्वीकार दुर्व्यसन रोकथाम सेवा केन्द्रका संचालक बसन्त मानन्धरले आफुहरुले सेवाभावको हिसाबले पीडामा रहेका अभिभावकलाई मलहम लगाउने उद्देश्यले यो पेशालाई अंगालेको बताउछन् । उनले सुधार केन्द्रमा आएका व्यक्तिको परिवारसँग सहयोग स्वरुपमात्र रकम लिएको र उक्त रकमले उनीहरुलाई खान, बस्न, चिकित्सक सेवा, शिक्षा, कर्मचारीलाई तलबलगायतमा खर्च भइरहेको बताउँछन् । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई निःशुल्क सेवा दिइरहेको पनि सेवा केन्द्रले जनाएको छ । केन्द्रलाई अन्यत्र कही कतैबाट सहयोग नआएको र अभिभावकसँग थोरै रकम लिई संचालन गरिएकोले केन्द्रको खर्च धान्न नै कठिनाइ भइरहेको मानन्धर बताउछन् । नशामा फसेका व्यक्तिलाई सुधारको प्रक्रियाका बारेमा राम्रोसँग बुझाउन सके निको हुन धेरै समय नलाग्ने केन्द्रका सञ्चालक बताउँछन् ।

नेपालमा लागुऔषध दुर्व्यसनको समस्या दिनानुदिन भुसको आगोझैँ सल्किरहेको छ । झण्डै आधा जनसंख्या युवा रहेको देशमा बढ्दै गइरहेको बेरोजगारीको समस्याले उनीहरूलाई प्रभाव पारेको देखिन्छ । यूवाहरु दिनहु विदेशियी रहेको अवस्थामा यहाँ भएका युवाहरु पनि लागुपदार्थको दुर्व्यसनीमा फस्दा राष्ट्रलाई ठूलो क्षति पुगिरहेको छ । यो विषयमा स्थानीय सरकार गम्भीर हुन आवश्यक छ । यदी हामी सबै समयमा नै गम्भीर नबन्ने हो भने यसले ठूलो संकट ननिम्त्याउला भन्न सकिदैन ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय