एसिया कपको पहिलो खेलमा नेपालले बुधबार ३ :४५ बजे पाकिस्तानको घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बुधबार दिउँसो सवा ३ :४५ बजे हुनेछ । खेलका लागि पुर्ण रुपमा तयार रहेको नेपाली क्रिकेट टोलीले जनाएको छ । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको हो । नेपाली टिमबाँकी सदस्य २२ अगस्टमै पाकिस्तान प्रस्थान गरे पनि स्पीनर सन्दीप लामिछाने भने सोमबार मात्र त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी मंगलबार नेपाली टिममा जोडिने छन् । तीस हजार दर्शक क्षमताको मैदानमा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर एक टोलीसँग खेल्न लागेको हो । नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा खेल्नेछ । नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ ।

नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । एसिया कप ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलंकामा हुने भएका हुन । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय