चीनले आफ्नो मानक नक्साको नयाँ संस्करण जारी गरेपछि त्यसमा भारतले आपत्ति जनाएको छ । अरुणाचल प्रदेशलाई समेत आफ्नो क्षेत्रमा राखेको भन्दै भारतले आपत्ति जनाएको हो । भारतले अरुणाचल प्रदेश सधैं भारतको अभिन्न अंग रहेको र सधैं रहने बताएको छ । चीनको नक्सामा अक्साई चिन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा राखिएको छ ।

चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्ने गरेको छ । भारतले भने अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय