काठमाडौं । चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि आज दिउँसो बालेन शाहको बेइजिङ जाने कार्यक्रम थियो । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले चीनको निमन्त्रणमा हुन लागेको पाँच दिने भ्रमण नैतिकताको आधारमा नजाने बताएका हुन् ।

नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय