महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ । बायोमास ओभल मैदानमा नेपालले आयोजक घरेलु टोली मलेसियालाई ५ रनले पराजित गरेको हो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो । मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाईन् ।
नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २-२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १÷१ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर सिताराना मगरले अविजित ३८ रन बनाईन् । अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाकी एना हमिजाले २ विकेट लिईन् । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ ।



सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



