एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलङ्काले बङ्लादेशलाई पाँच विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ३९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो । श्रीलङ्काका चरिथ असलङ्का ६२ रनको योगदान दिए । बङ्लादेशका कप्तान सकिब अल हसनले २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेश ४२ ओभर ४ बलमा एक सय ६४ रनमा अलआउट भएको थियो । बङ्लादेशका नाज्मुल हसन शान्टोले ८९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । श्रीलङ्काका र मथिसा पाथिरानाले ४ विकेट लिए । त्यस्तै, महेश थिक्सेनाले २ विकेट लिए । धनञ्जय डी सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक÷एक विकेट लिए ।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको थियो । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । त्यस्तै, सोमवार नेपाल र भारत खेल्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय