काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी नियमविपरित बनाइएका जुनसुकै संरचना तत्काल हटाई खाली गर्न सूचना जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी सूचनामा नगरभित्र अनधिकृत रुपमा निर्माण भएका र हुँदै गरेका संरचना तत्काल हटाउन र रोक्न उल्लेख गरिएको छ । नियम विपरित बनेका संरचना सम्बन्धित, व्यक्ति वा संस्थाले तत्काल नहटाए नगरपालिकाले आफैले हटाउने र लाग्ने खर्च सम्बन्धितबाटै असुल उपर गरिने पनि सूचनामा उल्लेख छ । साथै सूचनाको अवज्ञा भएको पाइएमा नगर प्रहरी परिचालन गरि कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनु भएको छ ।



सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी समाचार WWW.OURNEWSCREW.COM ले पटक पटक प्रशारण गर्दै आईरहेको छ ।

यसैगरी चन्द्रागिरि नगरपालिकाले फुटपाथ, ठेलागाडा पसल, अनाधिकृत पार्किङ हटाउने सूचना पनि पुनः प्रकाशन गरेको छ । नगरपालिका अन्तरगत रहेका मुख्य सडक एवम् सहायक भित्री सडकहरुको दाबाँबायाँ रहेका पसलहरुमा फुटपाथमा समेत सामान राखी व्यापार तथा व्यवसाय संचार नगर्ने, अनाकृतिक पार्किङले सर्वसाधारणलाई आवतजावतमा असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढेको साथै सहरी शौन्दर्यतामा समेत असर गरेको हुँदा सार्वजनिक सडकहरुको अनाकृतिक प्रयोगलाई रोक्न फुटपाथ, ठेलागाडा पसल, अनाकृतिक पार्किङ हटाउन दोस्रो पटक सूचना जारी गरेको हो ।
यसअघि पनि नगरपालिकाले २०८० माघ ९ गते फुटपाथ÷ठेलागाडा पसल, अनधिकृत पार्किङ हटाउने सम्बन्धी सूचना जारी गरेको थियो ।




