काठमाडौं । जीवन बचाऔं भन्ने नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध विभिन्न जनचेतना मुलुक कार्यक्रम नेपालमा पनि मनाइँदै छ ।
हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने विषयमा केन्द्रित गर्दै यो दिवस मनाउन थालिएको हो ।



विश्वमा हरेक वर्ष १ लाख ९० हजार मानिसको ज्यान लागुऔषधको असन्तुलित प्रयोगले जाने गरेको छ । अधिकांश लागुऔषध प्रयोगकर्ता र कारोबारी युवा रहेको तथ्यांकले देखाएको छ ।



