काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जानु भएका प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै असोज ६ गते चीन जानु भएको थियो ।
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री दाहाललाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गर्नुभएको छ । भ्रमणका क्रममा विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो ।






