नेपालीहरुको महान चाडपर्व दशै नजिकिए संगै काभे्र हुदै विपि र अरनिको राजमार्ग भएर बाहिरीने यात्रुबाहक सवारीको चापमा एकाएक वृद्धि भएको छ । पुर्वि जिल्लाहरु संगै तराइका जिल्ला जोड्ने बनेपा वर्दिवास विपि राजमार्गमा साविकमा गुड्ने सवारी भन्दा झन्डै दोेब्बरले सवारीचाप बढेपछि यतिबेला ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा समेत हम्मेहम्मे परेको छ । पुर्वि १५ जिल्ला संगै तराइका ७ वटा जिल्लालाई राजधानी संग जोड्न नजिकको मार्गका रुपमा विकसित भएको विपि र अरनिको राजमार्गमा दशैँ आएसंगै सवारी चाप एकाएक वृद्धि भएको हो ।
सवारी चाप एकाएक वृद्धि भए सँगै चाँडपर्व लक्षित सुरक्षा योजना तयार गरी कार्यान्वयन भएसँगै काभ्रेमा सवारी चेकजाँचलाई तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, यीनै विषयवस्तुसँग केन्द्रित रहेर यातायात व्यवसायी र सरोकारवाला निकायहरुसँग पनि छलफल गरिरहेका छौैं । यात्रुहरुलाई सहजताका लागि जिल्लाका विभिन्न ९ स्थानमा यात्रु साहयता कक्ष पनि राखिएकोे जानकारी दिनुभयो ।



दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लास्थित दुई राजमार्गमा टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड समेत लागू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेले सवारी चेकजाँच गर्नेमा चर्को भाडा असुल्ने ७ वटा सवारीलाई कारवाही गर्दै १सय २४ जना यात्रुको भाडा फर्तिा गरेको जल्लिा ट्राफकि प्रहरी कार्यलय काभ्रे प्रमुख प्रहरी नरिीक्षक जनार्दन घिरिेले जानकारी दिए । उनका अनुसार, चर्को भाडा असुलेको ४२ हजार रुपैंया ट्राफकि प्रहरीले यात्रुलाई फर्तिा गराएको छ । चाडपर्वको मौका पारेर यात्रुसँग तोकएिको भन्दा बढी भाडा लनिेलाई कानुन अनुसारको कारवाही हुनेछ ।



