यो बर्ष अलैचीको मूल्य उच्च भएपछि किसान उत्साहित भएका छन । यो वर्ष सिजनको सुरुवातदेखि नै अलैँचीको मूल्य बढिरहेको हो । गत वर्षको सिजनमा ३० हजार रुपैयाँ प्रतिमनमा चित्त बुझाएका किसानले यो वर्ष सुरुवातमै ५० हजार रुपैयाँमा अलैँची बिक्री गरेका थिए । अहिले यसको मूल्य बढेर प्रतिमन सत्तरी हजार रुपैयाँ हाराहारी पुगेको छ । अलैँचीको मूल्य यो वर्ष सुरुवाती सिजनदेखि नै बढ्दो क्रममा रहेको छ ।

यो साता पाँचथरको फिदिममा प्रतिमन ७० हजार र बिर्तामोडमा ७१ हजार रुपैयाँमा किनबेच भइरहेको अलैँची व्यवसायीले बताएका छन । नेपालको पाँचथर ताप्लेजुङ, इलाम, संखुवसभा, धनकुटासहितका पहाडी जिल्लामा उत्पादन हुदै आएको छ । कृषि विभागको तथ्यांकअनुसार विश्वभर १७ हजार टन उत्पादन हुने अलैँची नेपालमा मात्र ७ हजार टन हाराहारी फल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय