काठमाडौं । हेटौंडा—काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–महालक्ष्मी खोला—चखेल–मातातीर्थ सडक एकतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका– ५ मा सुख्खा पहिरोले अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा आएको हो ।

पाटीचौर सडक खण्डमा सडक चौडा गर्न कटान गर्ने क्रममा सुख्खा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध बनेको थियो । स्थानीय र प्रहरीको सहयोगमा पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

हेटौंडा काठमाडौँ जोड्ने उक्त सडकको मकवानपुर र काठमाडौँतर्फ हाल स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय