आईसीसीले एकदिवसीय विश्वकप २०२३ को नयाँ तालिका सार्वजनिक गरेको छ । आईसीसीले जुन २७ मा सार्वजनिक गरेको तालिकामा सुधार गरेको हो ।प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने भएपनि केही खेलको मिति परिवर्तन भएको हो ।

पहिलो खेल साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच हुनेछ । दुवै टोलीले प्रतियोगिताको पहिलो खेल अक्टोबर ५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल्नेछन् । त्यस्तै, भारतको पहिलो खेल अक्टोबर ८ मा चेन्नईको मैदानमा अस्ट्रेलियासँग हुनेछ ।

कुल नौ खेलहरू पुनः तालिका गरिएको छ । भारत र पाकिस्तानबीचको महान् खेल अब अक्टोबर १५ मा नभई १४ अक्टोबरमा हुनेछ । एकदिवसीय विश्वकप क्रिकेटका आठ खेलको मिति परिवर्तन भएपनि एक खेलको समय परिवर्तन गरिएको छ । भारत र पाकिस्तानबीचको खेल अब अक्टोबर १५ को सट्टा १४ अक्टोबरमा हुनेछ । जसका कारण १४ अक्टोबरमा हुने इङ्ल्यान्ड र अफगानिस्तानबीचको खेल १५ अक्टोबरमा हुनेछ ।

पाकिस्तान र श्रीलंकाबीचको खेल अब अक्टोबर १२ को सट्टा १० अक्टोबरमा हुनेछ । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल १३ अक्टोबरको सट्टा १२ अक्टोबरमा हुनेछ । न्यूजिल्याण्ड र बंगलादेशबीचको खेल अक्टोबर १४ को सट्टा १३ अक्टोबरमा हुनेछ । धर्मशालामा इंग्ल्याण्ड र बंगलादेशबीचको खेल दिउँसोको सट्टा बिहान सुरु हुनेछ । भारत–पाकिस्तान बाहेक, नेदरल्याण्ड्स विरुद्ध टीम इण्डियाको खेल पनि परिवर्तन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय