नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस–एमालेको सरकार बनेको खुलाशा गर्नुभएको छ ।
कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गर्नुभएको हो । उहाँले राजनीतिक स्थायित्वको लागि कांग्रेस–एमाले सरकार बनेको दाबी पनि गर्नुभयो । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको पोखरेलको भनाइ थियो । उहाँले प्रचण्डले चुलबुल गर्दा र वेइमानका कारण हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गर्नुभयो ।



पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेकोले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्नेमा जोड दिनुभयो ।



