काठमाडौं । मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) देशभर मनाइदैछ । मुस्लिम धर्मावलम्वीहरु बिहानैदेखि मस्जिद पुगेर शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने प्रचलन छ । नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने परम्परा छ । यस अवसरमा काठमाडौंको घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय