चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयात छ प्रतिशतले घटेको छ । बजारमा पेट्रोलियम पदार्थको खपत न्यून हुँदा आयातमा समेत कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आठ महिनामा एक खर्ब ९० अर्ब ४६ करोड ७६ लाख ३३ हजार रुपियाँको आयात भएको छ । गत वर्ष सो अवधिमा दुई खर्ब दुई अर्ब ८१ करोड १२ लाख ११ हजार रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

आठ महिनामा दुई खर्ब रुपियाँभन्दा बढीको खनिज इन्धनबाट राज्यले ७६ अर्ब चार करोड ९३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागका अनुसार आठ महिनाको अवधिमा ४४ अर्ब ६३ करोड ६७ लाख रुपियाँको पेट्रोल आयात भएको छ । यस्तै ८८ अर्ब ८८ करोड रुपियाँभन्दा बढीको डिजेल आयात भएको छ । १३ अर्ब ७५ करोड रुपियाँभन्दा बढीको हवाई इन्धन आयात भएको छ ।

यस्तै ७६ करोड १९ लाख रुपियाँ बराबरको मटितेल आयात भएको छ भने ३५ अर्ब ८७ करोड रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । पेट्रोलको आयात बढे पनि बजारमा खपत न्यून हुँदा डिजेलको आयातमा उलेख्य कमी आएको छ । विकास निर्माणको काम नियमित रूपमा नहुँदा डिजेलको खपत १७ प्रतिशतले कमी आएको छ । निगमका अनुसार विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको छ । पछिल्लो समय बिजुलीका सवारीसाधनको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा कमी आएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय