नेपाली उपभोक्ताहरुबीच लोकप्रिय रहेको इनर्जी ड्रिङ्स रेडबुल अब नेपालमै उत्पादन हुने भएको छ । थाइल्याण्डमा उत्पादन भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड रेडबुल इनर्जी ड्रिङ्स खेतान ग्रुपको सारस बेभरेज र थाइल्याण्डको टीसीपी ग्रुपको संयुक्त लगानीमा नवलपरासीको अमरापुरीमा पनि उत्पादन गरिने भएको हो ।
अमरापुरीमा निर्माण गरिएको कारखानाबाट अत्याधुनिक प्रविधिमा उत्कृष्ट इनर्जी ड्र्ङ्सि रेडबुल उत्पादन हुने छ । रेडबुल इनर्जी ड्रिङ्स उत्पादन कारखानाको एक कार्यक्रमका बीच अर्थमन्त्री डा. प्रशाशशरण महतले उद्घाटन गरेका छन् । कारखाना सञ्चालनमा आएसँगै स्थानीयले रोजगारी पाउनुका साथै सरकारलाई प्राप्त हुने राजस्वमा पनि टेवा पुग्नेछ ।






