अल्जेरिया, इटाली र ग्रीसमा भूमध्यसागरीय जंगलमा लागेको आगलागीका कारण ४० जना भन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट हजारौ मानिस विस्थापित भएका छन् । कोर्फु र इभिया टापुहरुमा पनि आगो बढ्दै गएपछि ग्रीसले उडानहरु तयारी अवस्थामा राखेको छ । ग्रीसका केही भागहरुमा तापमान ४४ डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
सिसिली र पुगलियामा लागेको आगलागीका कारण हजारौं मानिसहरू भाग्न बाध्य भएका छन् । अग्नि नियन्त्रकहरूले आगो निभाउन प्रयास गरिरहेका छन् । आगलागीबाट अहिलेसम्म सबैभन्दा धेरै अल्जेरियामा मानिसहरुको मृत्यु भएको बताइएको छ । ग्रीसको नागरिक सुरक्षा मन्त्रालयले बुधवार देशका १३ क्षेत्रहरुमध्ये ६ वटामा आगोको चरम खतराको चेतावनी दिएको छ ।






