काठमाडौं ।
इन्द्रजात्रा अवलोकन गर्न विशिष्ट व्यक्तिहरु हिडेरै बसन्तपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसर भित्र सवारी साधन निषेध गरेपछि विशिष्ट व्यक्तिहरु हिँडेरै बसन्तपुर पुगेका हुन् । यसअघि इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेको थियो । यसपटक विशिष्ट व्यक्तिहरुले न्यूरोडको जुद्धशम्शेरको शालिकदेखि गद्दी बैठकसम्म हिँडेरै इन्द्रजात्राको अवलोकन गरिएको हो ।





यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल पनि जुद्धशमशेरको शालिकदेखि हिँडेरै गएको उहाँको सचिवालयले जनाएको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति, काठमाडौं महानगर प्रमुख र उपप्रमुख बसन्तुपुरको गद्दी बैठकमा पुगेकाहुन । महानगरले आमन्त्रण गरेका पाहुनाहरु पनि सहभागी भएकाछन् । इन्द्रजात्रा अवलोकनका लागि २० जना अतिथि काठमाडौं आइसकेका छन् ।



