काठमाडौं । चन्द्रागिरि नगरपालिकाको चन्दनभर्राटेश्वर महादेव मन्दिरमा पूजाआजा गर्नेको भीड लागेको छ ।
नेपाली नारीहरुले सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् । हिन्दू नारीहरूले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी पूजाआजा गर्ने गर्दछन् ।



रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।








