काठमाडौं । नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान जारी अधिवेशनमा प्रतिनिधि विवादका कारण ढिलो गरी सुरु भएको बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ । प्रदेश कमिटी अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ, कृष्णभक्त पोखरेल, केशवप्रसाद पाण्डेले दाबी गरिरहेका छन् । यस्तै उपाध्यक्षमा अनन्तप्रसाद पौडेल, दावा लामा, ईश्वरचन्द्र पोखरेल, कुमार खकुरेललगायतको नाम चर्चामा छ ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ ।






