करिव एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट सुचारु भएको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधि सभा बैठक सुचारु भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिएपछि संघीय संसदको दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको थियो । तर आज दलहरुबीच दुई बुँदे सहमति भएसँगै बैठक सुचारु भएको हो ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



