सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिदैछन् । माओवादी कर्णाली सरकारबाट बाहिरिएसँगै खाली भएका मन्त्रालयमा नेपाली कांग्रेसले आफ्ना चार जना सांसदको नाम सिफारीस गरेको थियो ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेसले आर्थिक मामीला तथा योजना मन्त्रलायमा जाजरकोटका राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी, पर्यटन उद्योग वन तथा वातावरण मान्त्रालयमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मान्त्रलायका लागि हुम्लाका विजया बुढालाई सिफारीस गरिसकेको छ ।



मन्त्रीहरुको सपथपछि सरकारले विश्वासको मत लिने र कार्य दल बनाएर केही मन्त्रलायका योजना तथा कार्यक्रम लैजानेगरी मन्त्रालयको पुर्नसंरचना गर्ने सहमति बनेको छ ।



