कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएकोमा हालसम्म १२.१२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। पुँजीगततर्फ १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार छुट्याइए पनि मध्य पुससम्म ६.७२ प्रतिशत मात्र खर्च भएको छ। प्रदेशले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ८० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको भए पनि हालसम्मको प्रगतिले लक्ष्यअनुसारको उपलब्धि चुनौतीपूर्ण देखिएको छ।

मन्त्रालयगत खर्चको अवस्था:

•आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा धेरै ७० प्रतिशत बजेट खर्च गरेको छ।

•आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १.९३ प्रतिशत मात्र खर्च गरेको छ।

•प्रदेश लोकसेवा आयोग र मुख्यन्यायाधिवक्ताको कार्यालयले अहिलेसम्म बजेट खर्च गर्न सकेका छैनन्।

प्रदेश सरकारले यस वर्षको समग्र बजेट खर्चलाई अघिल्लो वर्षको तुलनामा थप वृद्धि गर्ने प्रतिबद्धता जनाए पनि विकास आयोजनाहरूमा ढिलासुस्ती र बजेट कार्यान्वयन क्षमताको अभाव चुनौती बनेको छ।

प्रवक्ता विनोद कुमार शाहका अनुसार, लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा प्रभावकारी कदम चाल्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय