काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कलंकी नागढुङ्गा पीपलामोड सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्ने उपकरण जडान कार्य सुरु गरेको ।

नगरले कलंकी नागढुङ्गा पीपलामोड सडक खण्डको सडक डिभाइडर तथा आइल्याण्डमा दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाको लागि रिफ्लेक्टिभ मिडियन मार्करु उपकरण जडान सुरु गरेको हो । नगरले यसअघि नै यस सडक खण्डमा अत्याधुनिक प्रबिधियुक्त सीटीटीभि क्यामेरा र सडक बत्ती जडान गरिसकेको छ भने सडकको छेउछाउमा रहेका बिजुलीको पोलहरुलाई सफाई गरी रंग लगाउने काम पनि अन्तिम चरणमा पुगेको छ । पोलहरुमा स्टिकर, ब्यानर र पम्प्लेट नटास्न नगरपालिकाले आग्रह गरेको छ । यदि जवरजस्ति गर्ने संघ संस्थालाई कारबाही गरिने नगर प्रमुख घनश्याम गिरीले चेतावनी दिनुभएको छ ।

प्रमुख गिरीले सडक खण्ड र अन्य भित्री सडकको पोलहरुमा रहेको अव्यवस्थित तारको ब्यबस्थापन पनि केबल तथा ईन्टरनेट प्रदायक संस्थाहरुको सहकार्यमा सुरु भइसकेको बताउनु भयो । सडक बिभाग र सम्बन्धित निकायसँग राजमार्गको सडक मर्मत गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेको र छिट्टै नै मर्मत कार्य सुरु हुने नगर प्रमुख गिरी बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय