काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु हुँदैछ ।
महाधिवेशन दिउँसो १ बजे कमलादीको प्रज्ञा प्रतिष्ठानको हल हुनेछ । अधिवेशनले अध्यक्षसहित ४९ पद अन्य समिति चयन गर्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले ७५३ वटै स्थानीय तहमा ट्रेड युनियन संगठन निर्माण गर्ने बताउनु भएको छ ।






