काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक सम्बन्धकै कारण कांग्रेससँगको गठबन्धन भत्किएको दाबी गर्नुभयो ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस र आफूहरूबीच वैचारिक अविश्वास भएकोले गठबन्धन भत्किएको दावी गर्नुभयो । उहाँले कांग्रेससँग व्यक्तिगत अविश्वास केही नभएको र आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नरहेको स्पष्ट पार्नुभयो । उहाँले कोशी प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचन कांग्रेसले माओवादीमाथि अन्तर्घात भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।






