काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंंघ काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशनबाट राजन श्रेष्ठ निर्विरोध कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । नेपाल टि«पर तथा ट्रक व्यवसायी समितिका कोषाध्यक्ष समेत रहनुभएका श्रेष्ठ काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशनमा निर्विरोध कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा हरिश चन्द्र श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का राजन श्रेष्ठ चयन हुनुभएको छ । साथै सदस्यमा नबिना खड्का, टीका कार्की, रामकुमार केसी, जय दाहाल, कृष्णप्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, रुपेश श्रेष्ठ, दुर्गा सारु मगर र उद्धव खड्का निर्वाचित हुनुभएको छ ।






