नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा उज्वेकिस्तानलाई ३ – १ को सेटमा पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो । नेपालले पहिलो सेट २५–२० ले उज्वेकिस्तानलाई सुम्पिएको थियो ।



त्यसपछि पुनरागमन गरेको नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जितेको हो । प्रतियोगिताको सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल भएको हो । उपाधिका लागि आजै भारत र काजखस्तान आमनेसामने हुनेछन् । फाइनल खेल अपराह्न चार बजेपछि सुरु हुनेछ ।



