किर्तिपुर- बिदेशी रक्सी मदिराले एकछत्र बजार लिइरहेको बेला नेपाली छ्याङ र स्थानीय मदिराको प्रवर्द्धन गर्ने उदेश्यले किर्तिपुरमा ५ दिने फेस्टिवल आयोजना हुने भएको छ । पुरानो परम्परागत रूपमा बनाइने लोकल मदिरालाइ विदेशी मदिरालो विस्तापित गर्दै लगेकोले यसको संरक्षण गर्न अभियान थालिएको हो ।
नेवाःलहना बिश्व सरसफाइ अभियानद्वारा फाल्गुन २४ गते देखि २८ गते सम्म छ्याङ रक्सी फेस्टिभल कार्यक्रम गर्ने भएको छ । बिदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनु पर्ने माग गर्दै फेस्टिभलको आयोजना गरिएको नेवाःलहनाका संस्थापक राजमान मानबले बताए ।



फेस्टिभलले भोलिको दिनमा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तरास्ट्रियस्तरमा चिनाउनका लागि सांस्कृतिक पर्वको रुपमा मनाउन लागिएको किर्तिपुर नगरपालिकाका पुर्व मेयर रमेश महर्जनले बताए । नेवा; लहना सरसफाइ अभियान अन्तर्गत नेवारी संस्कृति परम्परा लाई बिश्व समुदायमा चिनाउन फेस्टिवलले मद्दत पु¥याउने स्थानीयको भनाइ छ ।
फेस्टिवलमा मदिरा सात प्रकार राखिने छ भने छ्याङ १० थरिको हुने छ । किर्तिपुर आफैमा कला र संस्कृतिले भरिएको पुरानो इतिहास बोकेको ठाउँलाइ यतिबेला सजिसजावट रंगिन बनाउदै आएका छ्न् । सरकारले बनाएको निति ऐन कानून देशको जनताको हित भन्दा पनि बिदेशी राष्ट्रको अनुकूल हुँदा नेपालको लोकल मदिरा छ्याङ बिस्तापित हुदै गइरहेकोले यसको प्रचारप्रसार र यसको उत्पादनमा समेत मद्दत पुग्ने देखिन्छ ।
देशका केही स्थानीय तहले लोकल मदिराको ब्राण्डीङ गरेर बजारीकरण गर्ने योजना बनाएको छ । यसलाई राष्ट्रिय निति बनाउन सकेको खण्डमा देशबाट बर्षमा बिदेशीने अरवौ रकम समेत जोगिने र सरकारलाई राजस्व समेत आउने देखिन्छ ।



