कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमध्ये जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको । अन्यलाई भने विनाविभागिय रहेका छन् ।

योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु मन्त्री बन्नु भएको थियो । यसैबीच, कोशी मन्त्रिपरिषद् गठनको विषयमा नेकपा एस असन्तुष्ट देखिएको छ । दोस्रो चरणको सरकार विस्तारमा आफ्नो पार्टीबाट कोही पनि नपरेपछि नेकपा एसले असन्तुष्टि जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय