बाँकेको कोहलपुरमा आजदेखि शुरु भएको दोस्रो संस्करणको मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लवले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा चर्चा ब्वाइजले आयोजक सहारा क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टीमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । प्रतियोगिताको उदघाटन गर्दैै लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलेरै खेलाडीको जीवन निर्वाह हुने वातावरण बनाउन प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरको विकासमा खेल र पर्यटन कोशेढुंगा सावित हुने गरी प्रतिफल आउनु पर्ने बताए ।

प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब, चर्च व्वाईज, गोर्खा व्वाईज, सुदूरपश्चिम ११, त्रिभुवन आर्मी, विएफसी चितवन, एभिनियर एफसि र दुधौली स्पोर्टस् क्लब गरी आठ वटा क्लबले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने क्लवलाई ८ लाख र द्धितीय हुनेलाई ४ लाख रुपैयाँ पुरस्कार प्रदलान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय