काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको समाधान संविधानभित्रै खोज्नुपर्ने बताएका छन्। भिडियोमार्फत धारणा राख्दै उनले संविधानभन्दा बाहिर गएर समाधान खोज्ने प्रयास भए भविष्यमा सम्हाल्न नसकिने अवस्था आउने चेतावनी दिए। थापाले २०६२र६३ को आन्दोलनपश्चात् लामो संघर्ष र विभिन्न समुदायबीच सन्तुलन मिलाएर बनेको संविधानलाई सुरक्षित राख्दै त्यसभित्र आवश्यक परिवर्तन गर्नुपर्नेमा जोड दिए।

उनले जेनजी पुस्तालाई संविधानको निरन्तरता सुनिश्चित गर्न आग्रह गर्दै भने, “अधिकार खोसिएको अनुभूति भयो भने फेरि सबै आवाज उठ्छन्, जसलाई कसैले नियन्त्रण गर्न सक्दैन।”महामन्त्री थापाले सरकार निर्माणमा सहभागी हुन, आन्दोलनका क्रममा भएका हत्या र तोडफोडको छानबिन गरी दोषीलाई कारबाही गर्न, साथै २०४६ यतादेखि सार्वजनिक ओहदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्न माग गरे।उनका अनुसार दोस्रो दिन भएको विध्वंसात्मक प्रदर्शनमा जेनजी पुस्ताको प्रत्यक्ष संलग्नता नभई केही नयाँ तथा पुराना अनुहारहरूको भूमिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय