गाईघाट बजार स्थित मोटरसाईकल ग्यारेजमा भिषण आगलागी भएको छ । ग्यारेज सहित लगभग ७ वटा पसलहरु जलेको प्रहरीको अनुमान छ । आगलागीबाट ठुलो धनको क्षती पुगेको अनुमान गरिएको छ । आईतबार बेलुका करिब साढे ७ बजेको समयमा एक मोटरसाईकल ग्यारेजबाट आगलागी सुरु भएको थियो ।

त्रियुगा माविको पछाडी पटि लाईनै रहेको ग्यारेजमा आगलागी भएको छ । त्यस लाईन आसपास सबै ग्यारेज लाईनहरु पर्छ । दमकल, प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र स्काभेटरको साहयतामा आगो नियन्त्रणको काम भैरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागीबारे थप अनुसन्धान आउन समय लाग्ने जनाएको छ । ग्यारेज सहित के कति पसलहरु जल्यो भन्नेबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय