ललितपुर । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले डिजिटल माध्यमबाट भुक्तानी सुरु गरेको छ ।
संस्थाका अध्यक्ष युवराज भण्डारीले आफ्नो ग्राहकलाई थप सहज तरिकाले सुविधा दिने उद्देश्यले डिजिटल करोबार अर्थात क्यू आर टेलर सुविधाको सुरुवात गरेको बताउनु भयो । उहाँले यो सुविधाबाट संस्थाका ग्राहकहरुले प्रविधिमार्फत नगद भुक्तानी लिन सक्ने उल्लेख गर्नुभयो । अध्यक्ष भण्डारीले यो सुविधा काठमाडौं उपत्यकाका शाखाहरुमा मात्र उपलब्ध हुने र निकट भविष्यमा देशभरका सबै शाखामा लागु गरिने बताउनु भयो ।



कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान, मुख्य प्रबन्धक श्रीमती शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक श्री शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति रहेको थियो ।
फाइनान्सको देशैभर २३ वटा शाखा कार्यालय रहेको छ भने ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।



