पुर्वि नवलपरासीको कावासोति नगरपालिका ८ मनकामना सामुदायिक वनमा दाउरा खोज्ने क्रममा गैँडाको आक्रमण वाट कावासोति ७ वषने ६५ वर्षि पुरुष घाईते भएको प्रहरिले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका नायब प्रहरि उपरीक्षक एंवम सुचना अधिकारि वेदबहादुर पाण्डेले दिएको जानकारि अनुसार विहिबार विहान १० वजे मनकामना सामुदायिक वनमा दाउरा खोज्न जानेक्रममा कावाशोति ७ वषने ६५ वर्षिय पतराम महतोलाई एक्कासि गैँडाले आक्रमण गरि घाईते बनाएको हो ।



घाईते महतोलाई उपचारका लागि कालिगण्डकि नायाणि सामुदायिकअस्पताल कावासोतिमा सामान्य उपचार पछि भरतपुर मेडिकल कालेज पठाईऐको प्रहरिले जनाएको छ । घाईतेको दाहिने खुट्टामा चोट लागेको छ भने अवश्था गम्भिर रहेको प्रहरिले जनाएको छ ।



