गत साता ग्रीसमा आप्रवासी चढेको डुंगा डुब्दा २ सय ८० जनाभन्दा बढी पाकिस्तानी परेको आशंका गरिएको छ ।
गत जुन १४ मा लिबियाबाट विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेको डुंगा आयोनियन सागरमा डुबेको थियो । डुंगामा सयौँ मानिस रहेका थिए । दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ भने १०४ जनालाई जीवितै उद्धार गरिएको थियो ।



पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफमा २ सय ८१ पाकिस्तानी परिवार सम्पर्क आएको बताउनु भयो ।



